चीन

Article on other languages:

del.icio.us del.icio.us
Digg Digg
Furl Furl
Reddit Reddit
Rojo Rojo
Add to OnlyWire

चीन संसार कै तेश्रो ठुलो (रूस र क्यानडा पछि) एसियाको सबै भन्दा ठुलो राष्ट्र हो । यो राष्ट्र नेपालको उत्तरको छिमेकी र अत्यान्त घनिष्ठ मित्र देस पनि हो । यस देसलाइ जनवादी गणतन्त्र चीन भनिन्छ तर सामन्यताया नेपालीमा चीन भनेर चीनिन्छ आम रूपमा हाल गणतन्त्र चिन भनेर चिनीने ताइवान समेत का सबैभाग बुझाएर नेपालीमा चीन भन्ने बुझिन्छ । जनवादी गणतन्त्र चीन विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश हो । यसको जनसंख्या एक अर्व ३० करोड जती रहेको छ । जुन विश्वकै पांचभागको एक भाग भन्दा केही कम रहेको छ । चीनको राजधानी बेजीगं हो ।१९४९ मा मावत्सेतुंग को नेतृत्वमा भएको चिनिया क्रान्ती पछी हाल याहा चिनीया कम्युनिष्ट पार्टीले एकदलीय प्रकारको शासन चलाइ रहेको छ ।तर कम्युनिस्ट हरूको विजय संगै भागेर ताइवान टापुमा पुगेका कुवोमिन्तागं जस्लाइ पस्चिमा विश्वले सहयोग गरीरहेको छ संग चिनले लामो समयदेखी विवादको सामना गरी रहनुपरेको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको पांचमध्य एक स्थाइ सदस्य राष्ट्र चीन आणवीक शक्ती संपन्न राष्ट्र हो अत्यान्त द्रुत गतीमा आर्थिक विकास गरीरहेको चीनलाइ उदइमान माहशक्ती मानीन्छ यो देशको ग्राहस्थ उत्पादन प्रतिवर्ष १० प्रतिसत भन्दा छिटो बढीरहेको छ जुन संसारकै लागी आर्स्चाय भएको छ द्रुत आर्थिक बिकास गरीरहेको चिन त्यही गतीमा आर्थिक माहशक्तीमा रूपान्तरण भइरहेको छ यस देसले २००६ मा इटाली लाइ नाघेर ६ नं ताथ २००७ मा फ्रान्स तथा बेलायत लाइ नाघेर आफुलाइ विश्वको ४ नं.को ठुलो अर्थतन्त्रको रूपमा उभ्याएको छ । हाल चीन भन्दा अगाडी जर्मनी, जापान र अमेरीका मात्र रहेका छन । चिन संसारकै फलाम,कंक्रिट तथा पेट्रोलीयम पदार्थको ब्यापारको मुख्य खेलाडी हो ।

विषयसूची

जनसंख्या

एक अर्व ३० करोडको हारा हारीमा जनसंख्यापुगेको बिशाल राष्ट्र चीनले जनसंख्या नियन्त्रणमा कडाइ गरेको छ हामी दुइ हाम्रो एक भन्ने सिदान्त लाइ अंगिकार गरी दम्पतीलाइ एकमात्र बच्चा पाउन प्रोत्साहन गरिएको छ एक मात्र बच्चाको दायित्व राष्ट्रले लिने ब्यवस्था गरिएको छ ।

इतिहास

भूगोल

राज्यनीति

चीन २२ प्रान्त ४ श्वसाशित क्षेत्र तथा दुइ विशेष प्रशासकिय क्षेत्र (हंगकंग, मकाउ) तथा चार केन्द्रीय माहनगरपालीकामा बडिएको छ । चिनका २२ प्रान्त हरू

चिनका श्वसासीत क्षेत्र

विशेष प्रसासकिय क्षेत्र

केन्द्रीय चार माहनगर

अर्थतन्त्र

चीनको अर्थतन्त्र राज्य नियन्त्रीत अर्थतन्त्र नै हो तर १९८२ तिर देखी देगं स्याव पिगंले सुरू गर्नुभएको आर्थिक उदारिकरण ले चीनमा जमीन खरिद बिक्री साना तथा मध्यम उध्योगको विकास तथा द्रुततर आर्थिक बिकास का साथै बहुराष्ट्रिय कंपनी हरूको अथाह संपती चीन भित्रयाउन तथा त्यसको प्रतिफल लिन स्थाइ सुरक्षा ब्यावस्था र राजनितीक स्थायित्व भएको देस चिन सफल भएको छ ।

धर्म

बुद्ध, कन्फुसियस र तावो चीनका मुख्य धर्म हुन र पस्चिमी थोरै क्षेत्र तथा पुर्वको हाइनान टापुमा समेत केही मुसलमान हरूको बसोबास पाइन्छ ।

जीवनशैली

चिनिया हरू सांस्कृतीय रूपमा अत्यान्त संपन्न छन हाल बढदैगएको बजारीकरणको प्रभाव चिनिया समाजमा पनी पाइन्छ ।

अरु संबन्धित विषयहरु

नेपाल चीन संबध नेपाल र चीन वीच प्रागएतिहासीक काल देखी रहेको पाइन्छ । जनस्तरमा १५०० बर्ष भन्दा अगाडी देखी एक अर्काको सिमा नाघेको भेटीन्छ । ४०६ एडी मा लुम्वीन भ्रमणगर्ने बुद्ध भिछु फाहियान लाइ विसर्न हुदैन त्यस्तै बेला तिर नेपाली भिछु बुद्धभद्रले पनी चीनको भ्रमण गरे । हु वान स्यागंको जो एक चिनीया यात्री थिए जस्ले लुम्वीनी तथा काठमाण्डौ उपत्यकाको समेत भ्रमण गरेका थिए उनको यत्रावर्णन नेपालको इतिहासका कालखण्डको बयान गर्ने एक आधार भएको छ ।

नेपाली राजा अंसुवर्माकी छोरी राजकुमारी भृकुटीको चिनीया राजा स्रंग चंग गम्पो संग गरिएको थियो । उनले तिब्बतमा बुद्ध धर्मको प्रचारमा निकै ठुलो योगदान गरिन त्यसपछी नेपाली कलाकार अरनिको ले पहिले तिब्बत र पछी बेजीग सम्म मन्दीर बनाउन पुगेका थिए बेजीगंमा हाल सम्म रहेको सेतो प्यागोडा अरनिकोले बनाएका थिए ।जुन नेपाल र चिन संबधको कोषेढुगो भएर बसीरहेको छ ।


पंचसिलका आधारमा १९५५ को अगस्ट एक मा नेपाल र चीन वीच औपचारिक दौत्यसंबधको स्थापना पछी नेपाल र संबधमा नया आयाम थिपियो जनस्तरमा विकसीत संबधका साथै उच्च स्तरमा भएका अनगीती भ्रमण भए नेपालका माहाराज धिराज हरू महेन्द्र, वीरेन्द्र तथा ज्ञानेन्द्र राष्ट्रप्रमुखको रूपमा तथा प्रधानमन्त्री हरू टंक प्रसाद आर्चाय, वि.पी.कोइराला, कृतीनिधी विष्ट, गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी तथा शेर वाहदुर देउवाले चीनको औपचारीक भ्रमण गर्नुभएको छ भने अझै नेपालका माहराजधिराज वीरेन्द्र ले त तिब्बत भ्रमण गर्ने पहिलो र एकमात्र विदेशी राष्ट्र प्रमुख समते हुनुभएको थियो । उहाको कार्यकाल लाइ नेपाल चीन संबधलाइ स्वर्णा युगको रूपमा नेपाल चीन संबधका जानकार हरू संझन्छन ।राज वीरेन्द्र ले चीनको १० पटक भ्रमण गर्नुभएको थियो । त्यसै गरी चिनीया प्रधानमन्त्री चाउ एन लाइ ले १९५७ र १९६० मा गरी २ चोटी नेपाल भ्रमण गर्नुभएको थियो भने ।त्यसैगरी प्रधानमन्त्री हरू झु झियागं, लिपेगं, झुरोगंजी ले बिभिन्न खण्डमा नेपाल भ्रमण गर्नु भएको छ त्यसैगरी चिनिया राष्टपतीहरू लि सिनान तथा जियाग जेमीन ले नेपालको भ्रमण गर्नुभएको थियो चर्चित चिनिया नेता देंग स्यावपिंग ले पनी सन १९७८मा उपप्रधानमन्त्रीको रूपमा नेपालको भ्रमण गर्नुभएको थियो । साथै दुइ देसको सिमा समस्या आधुनीक र सर्बमान्य प्रविधी अन्तर्गत १९७८ मा समाधान गरियो त्यसैगरी नेपालको विकासमा चिनीया आर्थिक सहयोग ले महत्वपुर्ण भुमिका खेल्न थाल्यो ।त्यसै गरी संयुक्त राष्ट्रसंघमा दुवै देसले खेलेको सन्तुलीत र मैत्रीपुर्ण भुमिकाले दुबै देसलाइ अझ नजिक ल्यायो । नेपालले सधै भरी एक चीन नीतीलाइ मान्दै आएको छ ।नेपाल जनवादी गणतन्त्र चीन लाइ मान्यता दिनुपर्छ भन्ने पहिलो पंत्तिका राष्ट्रहरूमध्य एक हो । त्यसै गरी चीनलाइ संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सदस्यता दिनुपर्छ भनेर लविगं गर्न एक प्रमुख राष्ट्र पनी नेपाल हो । साथै नेपाल ले कहिले पनी चीन विरोधी गतीबिधी आफ्नो माटो बाट हुन नदिने प्रतिबद्धता पनी जनाएको र व्यवाहरमा लागु पनी गरी रहेको छ ।


रिफरेन्स

बाहिरी लिन्कहरु

This article is from Wikipedia. All text is available under the terms of the GNU Free Documentation License.