हिन्दू धर्म वा सनातन (धेरै समयदेखि चलिआएको) धर्म विश्वकै पहिलो धर्म मानिन्छ, जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको बिशेषता यस भित्रका बिभिन्न आस्था र विश्वाशका श्रोत हुन्। यसको उत्पति पुरातन वैदिक संस्कृतिबाट, इशापूर्व २००० भन्दा पहिले भएको मानिन्छ। शङ्ख्याको हिसाबले यो विश्वको तेश्रो ठुलो धर्म हो जसका अनुयायीहरुको शङ्ख्या करिब १.०५ अर्ब छ। जस मध्ये ९६% दक्षिण एशियामा छन्।
प्रबल हिन्दू समुदाय पूर्व-सोभियत संघका राष्ट्रहरु, विषेशगरि रुस, र पोल्यण्ड मा पनि छन्। इन्डोनेशियाका टापुहरु जाभा, सुलावेसी, सुमात्रा र बोर्निओमा पनि प्रसस्त रैथाने हिन्दूहरु छन्। हिन्दूत्वयोगाको रुपमा त झनै विश्वब्यापि रुपमा फैलिएको छ। संयुक्त राज्य अमेरिकामा मात्रै ३ करोड योगाका अनुयायीहरु छन्।
ओरिसाको कोनार्क सूर्य मन्दिरलाई सूर्य भगवानको २४-पाङ्ग्रे रथको रुपमा लिईन्छ।